काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको नगद ९५ लाख रूपैयाँभन्दा बढी रकमसहित चार जनालाई पक्राउ गरेको छ।
दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरूङ र ३९ वर्षीय सन्तोष घिमिरे छन ।
नगद ९५ लाख रूपैयाँसहित चार जना पक्राउ












