सोमबार दिउँसो धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको बस धनकुटामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
११ जना घाइते भएका छन । घाइतेमध्ये २ को अवस्था गम्भीर छ । दुर्घटना हुदाँ बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसमा सवार भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो ।
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,११ जना घाइते












