Advertisement

दोहोरो नागरिकता दिन सकिदैन : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकता दिन नसकिने बताएका छन ।
बिहीबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्ने क्रममा उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन ।गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वत् समाप्त हुने बताए । विदेशको नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिक बन्न चाहेको खण्डमा उक्त देशको सम्पूर्ण डकुमेन्ट छाड्नपर्ने बताए । दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने गृहमन्त्री लेखकले भनाई छ ।