आजदेखि बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे हुनेछ । पहिलो खेल अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स,सुदूरपश्चिम रोयल्स,कर्णाली याक्स,पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन । प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ ।
दोस्रो संस्करणको एनपीएल आजदेखि












