सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ ।
हाल देशका विभिन्न ठाउँमा वर्षा भईरहेको छ । मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकाहरु हिमपातका कारण प्रभावित भएका छन । मुक्तिनाथमा हिमपात भएका कारण हिउँ जमेकाले हिँडडुल गर्न कठिन भएको छ ।
देशभर ठाउँ ठाउँमा वर्षा र हिमपात












