वर्षापछि आएको पहिरोका कारण देशभरका विभिन्न १७ वटा सडक अवरुद्ध भएको छ ।
रसुवाको गल्छी–त्रिशूली–मेलुङ्ग–स्याप्रुबेंशी–रसुवागढी सडक खण्ड अवरुद्ध छ । यता हुम्लाको कर्णाली कोरिडोरको खुलालु–सल्लीसल्ला सडक खण्ड पनि पहिरोको कारण अवरुद्ध छ । संखुवासभामाको कोशी सडक आयोजनाको लेगुवाघाट–तुम्लिङ्गटार–खाँदबारी खण्ड पनि अवरुद्ध रहेको छ । ताप्लेजुङको मेलघाट दोभान सडक खण्ड,रुकुम पश्चिमको भेरी करिडोर,रोल्पाको सहिद मार्ग सडक आयोजनामा निरन्तरको वर्षा र पहिरोका कारण सडक बन्द भएको छ। सुर्खेत,सङ्खुवासभा,सिन्धुपाल्चोक,म्याग्दी,बैतडी,अर्घाखाँची,ओखलढुङ्गा, चितवनका विभिन्न सडक खण्ड पहिरोको कारण अवरुद्ध छ ।
देशभरका १७ सडक अवरुद्ध












