आज निर्वाचन आयोगले तोकेको दल दर्ताको प्रमाणपत्र लिने समय अवधि सकिंदैछ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।यो अवधिमा धेरै नयाँ दलहरू आयोगमा दर्ता भएका छन । केहीले प्रमाणपत्र लिइसकेका छन भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन ।
हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ ।यस्तै, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्का लागि निवेदन दिनुपर्ने समय तोकिएको छ ।
आज दल दर्ताको प्रमाणपत्र लिने अवधि सकिंदै












