गए राति दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भने अन्य २१ जना घाइते भएका छन । दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बसमा ३५ जना सवार थिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २१ घाइते












