आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खस्दा ट्रक चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी सहचालक घाइते भएका छन ।दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु












