Advertisement

त्रिवि कीर्तिपुरमा स्ववियु निर्वाचन १८ गते हुने

गत चैत्र ५ गते निर्वाचन हुन नसकेपछि त्रिभुवन विश्वविद्यालय क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन १८ गते हुने भएको छ ।
चैत १८ गते निर्वाचन हुने तय भएको निर्वाचन समितिले जनाएको हो ।यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि शनिबार नै निर्वाचन कार्यक्रम तय गरेको हो ।