स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
नेदरल्यान्ड्सले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो । जवाफमा नेदरल्यान्ड्सले पनि १९ रन जोड्यो । फेरि खेल दोस्रो सुपर ओभर पुग्यो ।
दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १७ रन जोड्दा नेपालले जवाफमा १७ रन नै बनाएपछि खेल तेस्रो सुपरमा पुगेर छिनोफानो भयो । तेस्रो सुपर ओभरमा नेपालले ४ बलमा कुनै रन नजोडी २ विकेट गुमायो ।
नेपालले आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ ।
त्रिदेशीय टी–२० मा नेपाल तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित












