Advertisement

तीनकुने प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

तीनकुने घटनाबारेको थुनछेक पुरा नभएपछि बुधबार हेर्दाहेर्दैमा राखिएको छ ।
दुर्गा प्रसाईं सहित थुनामा रहेका ३९ जना विरुद्ध सरकारको तर्फबाट चार जना सरकारी वकिलले बहस गरेका छन । जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौला, सरकारी वकिलहरू पूर्ण केसी, गोविन्द प्रसाई हुमागाईँ र उदय चन्द्र अधिकारीले बहस गरेका हुन । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरू मध्ये ३९ जना थुनामा छन ।