Advertisement

तीनकुने घटना : थप दुई जना पक्राउ

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका आपराधिक उपद्रव लगायतका कार्यमा संलग्न थप दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–५ का ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–४ का ३० वर्षीय जित बहादुर श्रेष्ठ रहेका छन ।उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।