तामाङ समुदायले आज २८६२ औँ ता ल्हो (घोडा वर्ष) सोनाम ल्होसार भव्य रुपमा मनाइँदैछ ।
यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छ । ल्हो भनेको (वर्ष) र छार भनेको (नयाँ) हो यो समुदायले हरेक वर्ष ल्हो फेर्ने दिन नयाँ वर्ष मनाउने गरिन्छ ।मुसा,गाई,बाघ,खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु भएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
यस टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ ।पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन ।
तामाङ समुदायले आज २८६२ औँ सोनाम ल्होसार भव्य रुपमा मनाइँदै












