मङ्गलबार साँझ ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृतक राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएको र उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु












