आज दिउँसोदेखि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीसँग जोड्ने अरनिको राजमार्ग अन्तर्गत कोदारी सडकखण्ड सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कु सहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे टोलीले जानकारी लिएको छ। अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो।
तातोपानीसँग जोड्ने अरनिको राजमार्ग सञ्चालनमा












