राजावादी सर्मथक दुर्गा प्रसाईँको तत्काल आन्दोलन नगर्ने घोषणा गरेका छन ।
२०८१ चैत १५ को काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले छठपछि फेरी आन्दोलन गर्ने उद्घोष गरेका थिए । प्रसाईँको उद्घोषपछि उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एसएसपीहरूले छलफल गरेका छन ।कात्तिक ९ मा भएको छलफल र त्यसपछिको संवादमा प्रसाईँ आन्दोलनका कार्यक्रम पछि सार्न सहमत भएका छन । छठपछि गर्ने भनिएको प्रदर्शन तत्काल नगर्न प्रसाईँ सहमत भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दान बहादुर कार्कीले जानकारी दिए ।
तत्काल आन्दोलन नगर्ने दुर्गा प्रसाईँको घोषणा












