डोल्पामा शनिबार दिउँसो यार्सा सङ्कलन गर्ने दुइ समूह बिच झडप भएको छ ।
अन्दाजी ६, ७ सय जनाको सङ्ख्यामा रहेका समुहबीच झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको बताए ।
डोल्पामा यार्सा सङ्कलन गर्ने दुइ समुहबीच झडप












