Advertisement

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

आज बिहान भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी छन भने मृतक अन्य दुई जनाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए ।धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी दुर्घटना भएको हो । खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ ।