बुधबार राति चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु भएको छ ।
सात जना घाइते भएका छन । मृत्यु हुनेमा ३३ वर्षीया कमला नागरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए । घटनामा कमलाका ४ सन्तान घाइते छन । १० वर्षीया छोरी तारा, ८ वर्षीय छोरा अविशेक, ६ वर्षीय छोरा अबि र ३ महिनाका छोरा शंकर घाइते भएका हुन । यसैगरी स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुसी नागरी पनि घाइते छन ।
डोटीमा चट्याङ लागेर एकजनाको मृत्यु












