आज बिहान डोटीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन ।
अछामबाट धनगढी आइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । अछामको मंगलसेन नगरपालिका घर भएकी २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए।
घाईते २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारका लागि धनगढी ल्याइएको बताए ।
डोटीमा गाडी दुर्घटना एक जनाको मृत्यु,२१ जना घाइते












