Advertisement

टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ७८ पुग्यो

संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा बाढीबाट मृत्यु हुनेको संख्या ७८ जना पुगेको छ । भने ४१ जना अझै बेपत्ता छन्। मृत्यु हुनेमध्ये ६८ जना केअर काउन्टीका रहेका छन । जसमा २८ बालबालिका रहेका छन । यस काउन्टीमा एउटा नदी किनारमा रहेको क्रिश्चियन बालिका शिविर (क्याम्प) बाढीले डुबेको थियो। क्याम्प मिस्टिकका १० बालिका र एक सल्लाहकार अझै बेपत्ता छन । मृत्यु हुनेको संख्या बढ्ने जनाएको छ ।