आईसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ ।
ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा हिजो यूएईले जापानलाई आठ विकेटले हराएसँगै विश्वकप खेल्ने टोलीहरुको समिकरण पूरा भएको छ । एशिया तथा इस्ट एशिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन । आयोजक भारत र श्रीलङ्काबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले आउँदो विश्वकपमा स्वतः प्रवेश पाएका छन ।
टी–२० विश्वकप छनोटको अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दै












