Advertisement

झापामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

दिउँसो करिब ३ : ४० बजेतिर झापामा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
भारती नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको हो ।दुर्घटनामा स्कुटर चालक झापाको कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन । मोटरसाइकलमा सवार मृतकको पहिचान खुलेको छैन ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बीआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र प्र १–०१–०१६ प ९२७० नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियोे ।दुर्घटनामा राजवंशीकी बुहारी २७ वर्षीय शर्मिला र नाती ३ वर्षीय आयुश गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।