Advertisement

झापामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु

झापाको गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको अटो दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको छ ।
गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो। गम्भीर घाइते भएको उनको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।