आज दिउँसो झापाबाट अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जाकारी दिएका छन ।उनीहरूलाई अमेरिकाले देश निकाला गरेर भुटान फर्काएको थियो। तर तीनैजना भुटान नफर्की नेपाल छिरेर शरणार्थी शिविरमा बसिरहेका थिए ।
झापाबाट तीनजना भुटानी शरणार्थी पक्राउ












