भोली भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जालमाथि प्रतिबन्ध विरुद्ध जेनजीका युवा पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने भएको छ ।
उक्त प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाण्डौ महानगरका मेयर बालेन शाहले समर्थन जनाएको छ । सरकारको शृङ्खलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ। यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो,रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । जेनजीले उठाएका विषयहरूलाई निष्कर्षमा र्पुयाउन अपिल गर्दै कार्यक्रम बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी समेत गरेको छ ।
जेनजी युवा पुस्ताले भोली प्रदर्शन गर्दै












