गएराति पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र.०१–०२७ च.०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो । घटनापछि स्थानीयवासीले केहिबेर सडक अवरुद्ध गरेका थिए। ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु












