Advertisement

च्याट जिपीटीको प्रयोग सहि कि गलत ?

च्याट जिपीटी जस्ता टूलहरूले काम गर्न सजिलो बनाउँछ, तर यसले मानिसहरूको सोच्ने क्षमतालाई खतरा बढाउँदैछ।
यस सम्बन्धमा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी ( एमआईटी ) मीडिया ल्यबले गरेको एक नयाँ अध्ययनले एआईमा निर्भर व्यक्तिहरूको दिमागी गतिविधि घट्दै गएको पुष्टि गरेको छ।

अध्ययनको क्रममा विद्यार्थीहरुलाई तीन भागमा विभाजन गर्दा विद्यार्थीबाट आएको निष्कर्षहरू
एमआईटीले ५४ विद्यार्थीहरूमा गरेको अध्ययन यस प्रकार छ ।
च्याट जिपीटी प्रयोग गर्ने समूह – एआईले निबन्ध लेख्न दिइएको।

गुगोल प्रयोग गर्ने समूह – अनलाइन रिसर्च गरेर निबन्ध लेख्ने।

कुनै बाह्य सहयोग नलिने समूह – आफ्नै दिमाग प्रयोग गरी लेख्ने।

४ महिना सम्मको अध्ययनपछिः

च्याट जीपीटी प्रयोगकर्ताहरूको दिमागी गतिविधि (इइजी स्क्यानमा) कम देखियो।

उनीहरूले आफूले लेखेको विषयवस्तु सम्झन गाह्रो अनुभव गरे।

एआईले लेखेको भएकाले आफ्नो कार्यप्रति स्वामित्वको भावना कम थियो।

दीर्घकालमा, एआई समूहले अन्य भन्दा खराब प्रदर्शन गरे।

गुगोल प्रयोगकर्ताहरूमा मध्यम स्तरको दिमागी सक्रियता देखिएको भने कुनै सहयोग नलिने समूहले सबैभन्दा राम्रो र रचनात्मक प्रदर्शन गरे।

किन च्याट जीपी निर्भरता खतरनाक छः
अध्ययनले देखाए अनुसार, एआईले

सिक्ने क्षमतालाई कमजोर पार्छ (जस्तो गणितमा क्याल्कुलेटरले मानिसलाई मानसिक गणितबाट टाढा पार्यो)

आलस्य बढाउँछ – मानिसहरूले आफ्नै दिमाग चलाउन छोड्छन्।

रचनात्मकतामाई असर पर्छ – एआईको कट पेस्ट संस्कृति मौलिकतालाई नष्ट गर्छ।

के एआई लाई उपयोगी बनाउन सकिन्छ?
अध्ययनकर्ताहरूले सुझाव दिए कि,

एआईको उत्तरहरूलाई आफ्नै ज्ञानसँग मिलाएर प्रयोग गर्ने हो भने फाइदा हुन सक्छ।

च्याट जीपीटी लाई प्रारम्भिक मात्र सहयोगी को रूपमा प्रयोग गर्नु उत्तम हो।

निष्कर्ष
एआई टूलहरू आवश्यक छन्, तर यसको अति निर्भरता मानिसको बौद्धिक क्षमतालाई नुक्सान पुर्याउन सक्छ। यसैले, यसलाई सीमित र सचेत तरिकाले प्रयोग गर्नुपर्छ। स्रोत:WION (२०२५ जुन १९ को प्रकाशित रिपोर्ट), MIT मीडिया ल्यबको अध्ययन

लेखकःअनामिका सिंह