चैत २८ गतेदेखि पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा ११ करोड ९५ लाख २० हजार रूपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८० करोड रूपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रूपैयाँ बराबरको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४४ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ। त्यसैगरी, कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार कित्ता र कर्मचारीका लागि २८ हजार ८०० कित्ता पनि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख ११ गतेसम्म लम्बिनेछ।
चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै पियोर इनर्जी












