Advertisement

चिली र अर्जेन्टिनाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प

चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर रहेको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस)ले जनाएको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।
यसअघि सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा नौ हजार पाँच सय जनाको ज्यान गएको थियो । यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ । सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको भूकम्पमा परी ५ सय २० जानभन्दा धेरैको ज्यान गएको थियो ।