आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटभन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम सिलिङ पाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ पाएको हो ।राष्ट्रिय योजना आयोगले संघीय मन्त्रालयसहित प्रदेश र स्थानीय तहको गरेर स्वास्थ्य क्षेत्रमा ८२ अर्ब ८८ करोडभित्र रहेर कार्यक्रम बनाउन सिलिङ दिएको हो ।
योजना आयोगले दिएको सिलिङ अनुसार, स्वास्थ्य मन्त्रालयका लागि ४७ अर्ब ३७ करोड ९८ लाख, प्रदेशतर्फ ६ अर्ब ३८ करोड र स्थानीय तहतर्फ स्वास्थ्यका लागि २९ अर्ब ११ करोड ७० लाख रहेको छ ।






Leave a Reply