११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सुभ सन्ध्यामा महिला संघले गृहिणी विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरेको छ । बिहीबार ललितपुको द प्लाजा होटलमा विशेष कार्यक्रम गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा शिक्षातर्फ शिक्षाविद् याङ्किला सी लामा, कलाकार (लोकरपरम्परागत गायक) तर्फ झुमा वानेम लिम्बु, कलाकार (टेलिभिजनरचलचित्र) तर्फ लुनिभा तुलाधर, खेलकुदतर्फ फुटबलर कृति राई र उद्यमीतर्फ ब्युटीसियन सुष्मा महरा छन् । यसैगरी, कवि लक्ष्मी श्रेष्ठ, पत्रकार छहरा दवाडी (एनटीभी), अभिनेत्री निशा अधिकारी, स्वास्थ्य परामर्शदाता प्रेना शाह, लाइफ कोच अनुसया श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. दीपा खनाल (अटिजम विशेषज्ञ) लाई पनि संघले सम्मानित गरेको हो ।
सम्मानित हुने महिलाहरूलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खादा र सम्मानपत्र प्रदान गरे । मन्त्री पौडेलको प्रमुख आतिथ्यता र संघकी अध्यक्ष अमृता शर्माको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघले विभिन्न ११ जनालाई टोकन अफ लभ (मायाको चिनो) प्रदान गरेको छ ।
विभिन्न सम्मान प्रदानपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महिलाहरूको योगदानलाई सम्मान गरेकामा गृहिणी महिला संघ नेपाललाई धन्यवाद दिँदै यस्तो पवित्र कार्यलाई निरन्तरता दिँदै जान अनुरोध गरे । आधुनिक समाजमा महिलाहरू विभिन्न क्षेत्रको उच्च तहमा पुगी महत्वपूर्ण योगदान दिइरहेको चर्चा गर्दै उनले संघद्वारा सम्मानित महिलाहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । यस्तो सम्मानले जीवनमा आइपर्ने सुख, दुःख, आरोह, अवरोह र उतारचढावलाई सजिलै सामना गर्ने मनोविज्ञान तयार हुने मन्त्री पौडेलको भनाइ थियो । उनले महिलाहरूलाई समाज र समाजका मानिसहरूले पर्वविशेष भन्दा पनि सधैं सम्मानभाव राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर संघले १० जना महिलाहरूलाई सम्मान गर्दै आएको र यो वर्ष उक्त कार्यलाई निरन्तरता दिइएको संघी अध्यक्ष अमृता शर्माले जानकारी दिए।












Leave a Reply