Advertisement

गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते

शनिबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा घर लिप्ने माटो खन्ने क्रममा दुई जना घाइते भएका छन ।
इस्मा गाउँपालिका–५ बनगाउँका ४७ वर्षीय हिरा बिष्ट र २३ वर्षीयसुमित्रा मुखिया घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हिरा बिष्टको बाँया आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट रहेको छ । त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।