कुलेखानी–भीमफेदी–काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको गाडीमा आगलागी हुदाँ गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको भारतमा दर्ता भएको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवमापुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गुडिरहेको कारमा आगलागी,गाडी जलेर नष्ट












