Advertisement

गुजरातलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

गएराति भएको इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ।
इलिमिनेटरमा गुजरात टाइटन्सनलाई २० रनले पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्ससँग भिड्ने पक्का गरेको हो।२२९ रनको लक्ष्य पछ्याएको गुजरातले ६ विकेट गुमाएर २०८ रनमात्रै बनाउन सक्यो । गुजरातका लागि ओपनर साइ सुदर्शनले ८१ रन हाने। उनले ४९ बलमा १० चौका र १ छक्का हाने। अर्का ओपनर शुभमन गिल १ रनमै आउट भएका थिए । वाशिङ्टन सुन्दरले २४ बलमा ५ चौका र ३ छक्का हानेर ४८ रन जोडे। कुशल मेन्डिसले १० बलमा २० रन हाने। शर्फेन रथरफोर्डले १५ बलमा २४ रन बनाएका थिए।