गाजामा चलिरहेको युद्धका कारण बाल कुपोषणको दर बढेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनीसेफ) ले जानकारी गराएको छ ।
यूनीसेफका अनुसार, मे महिनामा उपचारका लागि भर्ना भएका पाँच वर्ष उमेर समूहका पाँच हजार एक सयभन्दा बढी बालबालिकामा अप्रिलको तुलनामा झन्डै ५० प्रतिशतले कुपोषणको अवस्था देखिएको छ । फेब्रुअरीको तुलनामा यो एक सय ५० प्रतिशतले बढेको हो ।
सन् २०२५ को पहिलो पाँच महिनामा मात्रै गाजामा १६ हजार सात सयभन्दा बढी बालबालिका, अर्थात हरेक दिन औसत एक सय १२ जना, कुपोषणको उपचारका लागि भर्ना भएका छन् । यूनीसेफले यी सबै घटनाहरू रोक्न सकिने भए पनि, आवश्यक पोषण, पानी र स्वास्थ्य सेवा उनीहरूलाई सहज रूपमा उपलब्ध गराउन कठिनाइ भइरहेको जनाएको छ ।
गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर












