Advertisement

गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँको नयाँ नोट आजबाट चलनचल्तीमा

निर्वतमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याउने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउने जनाएको छ । नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहनेछ ।