गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपद्का घटना भएका छन । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।सो अवधिमा विपद्मा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन । यस्तै,२४ जना बेपत्ता भएका छन । प्राधिकरणका अनुसार छ महिनाको अवधिमा सबैभन्दा बढी आगलागीमा घटना भएका छन । एक हजार २९५ वटा आगलागीका घटना हुँदा २३ जानको मृत्यु भएको छ भने एक सय ७७ जना घाइते भएका छन । आगलागीमा परेर एक हजार ४११ घरपरिवार प्रभावित भएका छन ।
बाढीको २६३ घटना हुँदा २९ को मृत्यु भएको छ । बाढीमा परेर २३ बेपत्ता, १४ घाइते हुँदा एक हजार ८६१ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । यस्तै,४६३ वटा पहिरोका घटना यसबिचमा भएका छन । पहिरोमा परेर २४ जनाको मृत्यु भएको छ भने ४१ घाइते भएका छन ।यसैगरी भारी वर्षाका मात्रै ३४० घटना यसबिचमा भएका छन। त्यसमा परेर छ जनाको ज्यान जाँदा १४ घाइते भएका छन भने ८११ परिवार प्रभावित भएका छन ।सो अवधिमा २९० वटा चट्याङका घटना दर्ता भएका छन । चट्याङमा परेर ३८ जनाको ज्यान गएको छ भने २१२ जना घाइते भएका छन । यस्तै, ३५१ परिवार प्रभावित भएका छन ।
गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको निधन












