Advertisement

कैलाली कारागारभित्रको झडपमा मृत्यु भएका परिवारलाई पाँच लाख राहत दिइने

सुदूरपश्चिम सरकारले कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने भएको छ।
कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी एक जनाको निधन भएको थियो।४७ जनाभन्दा बढी कैदीबन्दी घाइते भएका थिए।आइतबार बसेको सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय मृतक कैदीबन्दी भरत चौधरीको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४७ जना कैद बन्दीको सम्पूर्ण उपचार खर्च सकारले बेहोर्ने निर्णय पनि गरेको छ।