Advertisement

कैलालीमा ८० वर्षीय ज्येष्ठ नागरिक मृत फेला

बुधबार साँझ साढे ५ बजेतिर कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन ।
लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए । मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन । तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
मृतकको शव घटनास्थलबाट उठाइएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको छ ।