कैलालीमा अविरल वर्षासँगै आएको बाढीले बगाएका दुई महिलाको शव फेला परेको छ । कान्द्रा र गोदावरी नदीमा आएको बाढीले बगाएका महिलाका शव फेला परेको प्रहरीले जनाएको छ ।
दाउरा काट्न गएका घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वेवारिसे अवस्थामा नदी किनारमा भेटिएको शव सनाखतपछि उनकै भएको खुलेको हो ।यस्तै, गोदावरी नगरपालिका–२ को महराकटानमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया महिलाको शव भेटिएको छ । विभत्स अवस्थामा रहेको शवको सनाखत हुन सकेको छैन । शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कैलालीमा बाढीले बगाएका दुई महिलाको शव फेला












