Advertisement

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक स्थानीय ८ वर्षीय गोविन्द विष्टको रहेको बताएको छ ।
बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।