Advertisement

कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा

मंगलबार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई नसकेपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
आज कुलमान र हितेन्द्रदेवको रिटलाई विशेष प्राथमिकता दिई सुनुवाई भएको थियो । चुडाल र पाण्डेयको इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएकोमा २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’मा पठाएको थियो । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।