काठमाडौं उपत्यकामा जाडो बढेको छ ।
आज यस वर्षकै धेरै जाडो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।काठमाडौंमा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । यसले गर्दा जाडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । आज काठमाडौंमा ३.७ डिग्रसी सेल्सियस मापन भएको छ भने ललितपुरको सानेपा क्षेत्रमा ३.३ झरेको छ । काठमाडौंमा आइतबारदेखि सुर्य पनि कम देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै जाडो बढ्न लागेको भन्दै अनावश्यक काममा बाहिर ननिस्किन आग्रह गरिसकेको छ । जाडोको समयमा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अरुको तुलनामा बढी समस्या हुनसक्ने भएकोले ख्याल गर्न मन्त्रालयले सुझाएको छ ।
काठमाडौं उपत्यकामा आज यो वर्षकै धेरै जाडो












