मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुने गरी काठमाडौंमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले काठमाडौं महानगरको चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेका हुन । जारी सूचनामा काठमाडौं महानगरमा पर्ने बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल,गौशाला,चावहिल,नारायणगोपाल चोक,गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू(भागमा कफ्र्यू आदेश जारी गरिएको उल्लेख छ।
कफ्र्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु,एम्बुलेन्स,दमकल,शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु,सञ्चारकर्मीहरु,पर्यटक सवारी साधनहरु,मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने प्रशासनले जनाएको छ।
काठमाडौंमा अनिश्चितकालीन कफ्र्यू












