Advertisement

काठमाडौंको जडिबुटीमा स्कुटर दुर्घटना हुँदा दुई युवाको मृत्यु

आज बिहान करिब पौने ३ बजे काठमाडौंको जडिबुटीमा बससँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।
बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको हो ।