Advertisement

काठमाडौँ विश्वको प्रदूषित सहरको दोस्रो स्थानमा

आईक्यू एयरका अनुसार आज काठमाडौँ विश्वका प्रदूषित सहरको दोस्रो स्थानमा झरेको छ ।
आज बिहान साढे ९ बजेको सूची अनुसार नेपालको एक्यूआई ३७३ रहेको छ । वायु प्रदूषणको यो स्तरलाई स्वास्थ्यको दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । एक्यूआईको स्तर ५० सम्मलाई पनि स्वास्थ्य मान्ने गरिन्छ ।यहाँ पीएम २.५ को स्तर विश्व स्वास्थ्य संगठनले तय रहेको मापदण्डभन्दा ५२.४ गुणा बढी रहेको छ । हाललाई बाहिर व्यायाम गर्न बन्द गर्न, मास्कको प्रयोग गर्न, झ्यालहरू बन्द गर्न र एयर प्युरीफायरको प्रयोग गर्न सुझाव दिएको छ । न्पालभन्दा माथि इराकको बगदाद सहर रहेको छ । त्यहाँको एक्यूआई ५५२ रहेको छ । तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई २०८ मापन गरिएको छ ।