आईताबरदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ ।
दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गतेका लागि आयोजना गरिएको भए पनि समय अभावका कारण कार्यतालिका संशोधन गरिएको हो । सोमबार बन्दसत्र सुरु भएको र विभिन्न प्रतिवेदन उपरको छलफल लम्बिएकाले महाधिवेशनको कार्यतालिका संशोधन गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले बताए ।
आज महाधिवेशन प्रतिनिधिहरूको दर्ता निरन्तर रहने बताए । विशेष महाधिवेशन पक्षधरहरुले महाधिवेशनमा सहभागी भइ हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुको संख्या सत्तरी प्रतिशत र्पुयाउने दाबी गरेका छन ।
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र बिहान ९ बजेबाट पुनः सुरु हुने












