नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको बैठक बिना निष्कर्ष भएको छ ।
निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न आज बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेको हो। समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याउने विश्वास व्यक्त गर े।
कांग्रेस पदाधिकारी बैठक निष्कर्ष बिहिन












